arrow

नेविसंघले निकालेको वाईडबडीको पुत्ला जुलुसमा प्रहरी हस्तक्षेप, ३ विद्यार्थी घाइते

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
wide_body.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले वाईड बडी जहाज खरिद प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । आईतबार प्रदर्शनी मार्गमा रहेको वाल्मीकि विद्यापीठबाट वाईडबडीको पुत्ला लिएर प्रदर्शनी मार्गमा निस्किएका विद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । 

हस्तक्षेपमा ३ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । घाईते हुनेहरुमा जीवन सुवेदी, मंगोल गुरुङ र नवीन खड्का रहेको आन्दोलनका संयोजक दुजाङ शेर्पाले जानकारी दिए । विद्यार्थीमाथि प्रहरी हस्तक्षेप सुरु भएपछि झण्डै आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच तनाव सिर्जना भएको थियो । 

शेर्पाको नेतृत्वमा सुरु भएको सो प्रदर्शनमाथि हस्तक्षेप र तनाव पछि विद्यार्थी नेताहरु प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पस बाहिर कोण सभामा परिणत भएका थिए । कोण सभामा सम्बोधन गर्दै शेर्पाले सरकारले जनताको करबाट किन्न लागेको वाईडबडीमा भ्रष्टाचार भएको भन्दै तत्काल दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले सरकारले भ्रष्टाचारीलाई जोगाउन प्रयास गरीरहेको भन्दै तत्काल दोषीमाथि कारबाही नगरे आन्दोलनलाई सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिए । 

कोणसभालाई रत्न राज्यलक्ष्मी क्याम्पसका नेविसंघ अध्यक्ष पुस्कर बास्तोला, त्रिचन्द्र क्याम्पसका नेविसंघ अध्यक्ष शान शिवाकोटी लगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । वाईड बडी खरीद प्रकरणमा ४ अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गरी दोषीलाई कारबाहीको सिफारिस गरिसकेको छ । तर, सरकारले सो समितिको प्रतिवेदन ढाकछोप गर्न अर्काे समिति गठन गरेपछि सरकारप्रति थप शंका उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ