arrow

खैरो हिरोइन र चरेशसहित एक भारतीय पक्राउ

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
pakrau-new.jpeg

कपिलवस्तु । लागु औषध खैरो हिरोइन र चरेस सहीत कपिलवस्तुको गोरुसिंगे नजिकबाट दिउसो एक भारतीय पक्राउ परेका छन । प्रहरीले भारतको उत्तर प्रदेश थाना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका– २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हिरोइन र १० किलो २२ ग्राम चरेश सहीत पक्राउ गरको हो ।

 कृष्णनगरबाट युपी ५५ आर ७५२० नम्बरको मोटरसाईकलमा  सवार भई गोरुसिंगे तर्फ आउदै गरेका उनलाई प्रहरीले रोकेर खान तलासी लिएको थियो । सोक्रममा लुकाएर राखेको अवस्थामा सो परिणामको  लागु औाषध फेला पारिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

पक्राउ परेको चौरसियालाई लगु औषधको मुद्दामा अदालतबाट ७ दिनको म्याद थप लिई अनुसंधान प्रकृया अघि बढाईएको उनले बताए । खुल्ला नाकाको कारण कपिलवस्तुमा दिनहु लागु औषधको वसार पसार गर्ने चलन छ । केही दिन यता प्रहरीको सक्रियतामा दिनहु जस्तो लागुऔषधकर्ता तथा ओसार पसार गर्ने प्रकउमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ