arrow

पार्टीका माफियासंग ओली सरकार बिकेको डा केसीको आरोप, अनसन बस्ने तयारी [विज्ञप्तिसहित]

गगन थापा एक्लै भए पनि समर्थनमा लडेकामा सराहना 

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
govinda-kc-press-release.jpeg

काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसी सरकारप्रति निकै आक्रामक देखिएका छन् । उनीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिबाट आइतबार बहुमतका आधारमा पारित भएपछि उनी एकाएक आक्रामक भएका हुन् । 

उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी आक्रोश पोखेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पार्टीका माफियासंग बिकेको भन्दै पुनः आमरण अनसन बस्ने बताएका छन् । 

उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घतीले सार्वजनिक रुपमै आफूसंग सम्झौता अनुरुप नै विधेयक पारित हुन्छ भनेकाले सत्याग्रह पुस २५ गतेसम्म सारेको र यसलाई सच्याउन माग गरेका छन् । 

उक्त सहमति विपरित उपसमितिले पठाएको प्रतिवेदन सच्याउन समितिलाई उनले माग गरेका छन् । त्यसो नभए पुस २५ अगाडि नै सत्याग्रह सुरु गर्न वाध्य हुने डा केसीले बताए । 

उनले नेकपाका युवा नेताहरु माफियासंग बिके पनि काँग्रेस सांसद गगन थापा एक्लै भए पनि जनताका मागप्रति लडिरहेको भन्दै प्रशंसा गरे । 

उनले तीन बुँदे मागसमेत सार्वजनिक गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ