arrow

पूर्वप्रमको ठोकुवा: 'राजनीतिक नेतृत्वको आडविना कर्मचारीले अर्बौंको भ्रष्टाचार गर्ने आँट गर्दैनन्’

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
baburam-bhattari-FNL.jpg.jpeg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक नेतृत्वको आड नपाई कर्मचारीहरुले भ्रष्टाचार गर्नै नसक्ने अनुभव सुनाएका छन् । वाईडबडी प्रकरणमा मन्त्रीलाई उन्मुक्ति दिने निर्णय सहितको समाचारमाथि टिप्पणी गर्दै नेता भट्टराईले यस्तो अनुभव सुनाएका हुन् ।

उनले आफ्नो ट्वीटर ह्याण्डलमा लेखेका छन् ‘पुरानो पुस्ताको त शरीरमा क्रान्तिको आगो निभिसकेकाले अब केहीगर्ने आशा थिएन१तर नयाँ पुस्ता पनि समाज र राज्यलाई गाँजेको भ्रष्टाचार उन्मूलन गर्न अनिच्छुक देखिनु दुस्खद१राजनीतिक नेतृत्वको आडविना कर्मचारीले अर्बौंको भ्रष्टाचार गर्ने आँट गर्दैगर्दैन१यो मेरो अनुभवसिद्ध ठोकुवा हो’जो मर्जी!’

सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा अनियमितता गर्नेमा मुख्य दोषीका रूपमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई मुख्य दोषी करार गर्दै उनीहरूलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समाचारमाथि टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

यसरी उनले आरोप लगाएको विषय मन्त्रीहरुलाई उन्मुक्ति दिएर सचिवहरुलाई भ्रष्टाचारको मुद्दामा फसाएको तर्फ ईंकित थियो । पूर्व मन्त्रीहरु र बहालवाला मन्त्रीहरुलाई क्लिन चिट दिएर कर्मचारीहरुलाई मात्रै फसाउने यो नियततर्फ ईंकित गर्दै उनले यस्तो बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ