arrow

लागू औषधसहित ३ जना पक्राउ

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
pakrau.JPG

बुटवल । वुटवल उप महानगरपालिका वडा नं.-९ बसपार्कवाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङजा वालिङ नगरपालिका वडा नं.८ बस्ने बर्ष २१ की सुनिता खड्का, खोटाङको डिक्टेल नगरपालिका वडा नं.३ बस्ने बर्ष २४ की ममता राईलाई लागू औषध सहित पक्राउ गरीएको हो ।

उनीहरुको साथबाट नुफिन -१८, डाईजेपाम -१८, फेनरागन- १८ एम्पुल्स सहित पक्राउमा परेको प्रहरीले जनाएको छ।

उक्त लागू औषध बिक्री गर्ने नवलपरासी रामग्राम नगरपालिका वडा नं.२ बस्ने बर्ष २४ को सुदिप केवटलाई पनि खोजतलास गर्ने क्रममा देवदह नगरपालिका वडा नं.५ खैरेनीवाट लागू औषध नुफिन- ३२, डाईजेपाम- ३२, फेनरागन -३२ र नगद ३ हजार सहित पक्राउ गरीएको ईप्रका बुटवलले जनाएको छ ।

पक्राउ परेका उनीहरु माथी लागू औषध मुद्दामा म्यादथप लिई थप अनुसन्धान भई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ