arrow

धारिलो हतियार प्रहार गरि हत्या गर्ने थापा सार्वजनिक, भन्छन् - घर जान नमानेपछि हसिँयाले हाने

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
sarbajanik.jpg

पाल्पा । आइतबार राति पाल्पाको रामपुरमा धारिलो हतियार प्रयोग गरि छिमेकीको हत्या गरि फरार रहेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतवार बेलुकी पाल्पाको रामपुर नगरपालिका ४ सदार्वत स्थित जलदेवीस्थान का ४५ वर्षका (गठ्ठे) भनिने भल बहादुर कुमालको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख (एसपी) विश्वमणी पोखरेलले पत्रकार सम्मेलन गरि उक्त घटना बारे जानकारी गराउदै घटनामा संग्लन भएका सोही स्थानका छिमेकी वर्ष ३६ का मनोज थापालाई हत्याको अभियोगमा अनुसन्धान पछि सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार गएराति झण्डै ८ बजेको समयमा मृतक कुमाल मनोज थापाको घर बाहिर आई होहल्ला गरेको र हल्ला नगर्न भनेर अनुरोध गर्दा अटेरी गरेका कारण रिसको झोकमा थापाले धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरेको पाइएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।

घटनाका अभियुत्तलाई ज्यान मारेको मुद्यामा अदालतबाट म्याद थप गरि कारबाही प्रक्रिया अगाडी बढाइ घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन अघि कुनै अनलाइनमा अभियुक्त फरार भएको भन्ने हल्लाले अस्पतालबाट घाट लैजान थालेको शब रोकेर आफन्तीले आरोपी प्रक्राउ गरि कारबाही गर्नुपर्ने बताएका थिए ।

 सम्मेलनको तस्विर हेरेपछि परिवारले शब घरमा लगेका थिए । विदेश भएको छोरा आउदै भएकाले अन्तिम संस्कारका लागि पर्खिने आफन्तीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ