arrow

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखबाट रेग्मी हटाइए, अधिकारी ल्याइए 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई हटाएको हो । 

रेग्मीको स्थानमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरिएको छ । विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई सरकारले हटाएको हो । 

नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । 

नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् । प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाईसमेत जानकारी थिएन । 

यसैबीच सरकारले राष्ट्रिय अनुसन्धान विभागमा रहेको ३० वर्षे सेवाहदको प्रावधान पनि हटाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ