arrow

विवादित राजदूत लक्की शेर्पा बर्खास्त

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
lucky-sherpa.jpg

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट बर्खास्त गरेको हो । विवादित चरित्रकी शेर्पाविरुद्ध मानव बेचबिखनको आरोप लागेको छ ।

शेर्पाका पूर्वचालक वाङ्छु शेर्पाले उनलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी थिइन् । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्ताधारी सांसदले समेत आपत्ति जनाएपछि उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिएपछि सरकारले बर्खास्त गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ