arrow

कान्तिपुर सिटी कलेजका संस्थापक डा कार्की सम्मानित

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
pralhad-karki-kcc.jpg

काठमाडौँ । राजधानीको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेज केसीसीका संस्थापक डा प्रल्हाद कार्की सम्मानित भएका छन् ।

कुलुङ विकास समाज भोजपुरको आयोजनामा कलेजको हाताभित्र भएको कार्यक्रममा डा कार्कीलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि प्रा डा भीमप्रसाद सुवेदीले सम्मानित गरेका हुन् ।

कार्कीले हालै भारतको राजस्थानस्थित मेवार विश्वविद्यालयबाट ‘इम्प्याक्ट अफ इन्टरनेशनल रेमिट्यान्स अन इकोनोमिक विल बिइङ अफ रेसिपिन्ट हाउसहोल्ड इन नेपाल’ विषयमा पिएचडी गरेका थिए । 

कार्की भोजपुरको वीरेन्द्र मावि कुलुङबाट अध्ययन गरी साल्पासिलिछो गाउँपालिकाबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ