arrow

मौसममा उतारचढावः पारो घटे पनि घाम लाग्यो, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
weather1.jpg

काठमाडौं । वातावरणीय परिवर्तनका कारण देशको मौसममा छिनछिनमा परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशको पूर्वी र पश्चिमी पहाडी भेगका थोरै स्थानमा आंशिक बदली र अन्यत्र मौसम सामान्यतया सफा छ ।

यता, काठमाडौं उपत्यकामा तापक्रम फेरि घटेको छ । आकाश खुल्ला भइ घाम लागे पनि तापक्रम घटेको हो । मंगलबार बिहान ६ बजेको न्यूनतम तापक्रम २।२ डिग्री सेल्सियस रह्यो । उज्यालो बढ्दै जाँदा चिसो झन् घटेको हो । बिहान ५ः४५ बजे २।६ डिग्री थियो । 

काठमाडौं वरिपरिका उच्च पहाडी क्षेत्रसंगै फूलचोकी, चन्द्रागिरी लगायतमा हिमपात भएपछि चिसो फेरि बढेको हो । 

सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको थियो भने आइतबार २।१ डिग्री सेल्सियस रहेको थियो । दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए । 

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमान–

पुस २४ गते मंगलबार 
दिउँसोः देशभरि मौसम सामान्यतया सफा रहने छ । तथापि पूर्वी र पश्चिमी पहाडी भेगमा अपरान्हपछि आंशिक बदलीको संभावना छ । पश्चिमी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ । साथै देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

रातिः देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ । साथै देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ । 

पुस २५ गते बुधबार
दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

 रातिः देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

 पुस २६ गते बिहीबार

 दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगमा हल्का हिमपातको संभावना छ । 

रातिः देशभरि नै  मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पूर्वी र पश्चिमी हिमाली भेगमा हल्का हिमपातको संभावना देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ