arrow

दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, २६ घाइते

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
accident-final.jpeg

रोल्पा । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । 

सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ