arrow

यता सरकार फिक्का उता पार्टी भएन एक ढिक्का

दोष दिन सजिलो काम गर्न गाह्रो 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । देशको कार्यकारीलाई सबैभन्दा तनाव भएको छर्लंग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसदमा बोलेका विकासका झुठा पुलिन्दाले उनी कतिसम्म तनावमा रहेछन् भन्ने स्पष्ट हुन्छ । 

दुईतिहाइको समर्थनको सरकार भएर जस्ता पायो त्यस्तै निर्णय गरिरहँदा सरकार आफै विवादमा फसिरहेको छ भने अर्कातिर ओली नै अध्यक्ष रहेको उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को त झन् कन्तविजोग नै भएको छ । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको आठ महिना पुगे पनि सांगठनिक एकता प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन ।

शीर्ष नेतृत्व तहमा भएको विवाद नै एकता प्रक्रिया टुंगो लगाउन बाधक देखिएको छ । सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि बन्ने गरेका कार्यदलले दिएको रिपोर्ट कार्यान्वयनमा आउन सकेको छैन 

एकता प्रक्रिया टुंगो लगाउने अपेक्षा गरेर बसेको नेकपाको स्थायी समितिको बैठक केबल नौ सदस्यीय कार्यदल बनाएर सकिएको थियो । तर मापदण्ड र कार्यविधिबारे कार्यदलका सदस्यहरुबीच नै मतभेद देखिएको छ । पुसभित्र नै सांगठानिक एकता प्रक्रियाको टुंगो लगाउने दावी गरिए पनि कार्यदलको प्रतिवेदन तयार हुन नै अझै समय लाग्ने भएको छ ।

दोष दिन सजिलो काम गर्न गाह्रो 
जसरी केपी ओलीले विपक्षमा रहँदा उखान टुक्कासहित सरकारलाई चोटिलो प्रहार गर्थे अहिले आफै सरकारमा रहेर काम गर्न उत्तिकै कठिन भएको छ । ०७२ सालको पहिलो कार्यकालमा जनताले ‘ओलीको बोली नै मिठो’ भन्दै एमालेलाई जिताएका थिए । 

त्यही अहिले सोचे । दुई तिहाईको समर्थन हुँदासमेत ओलीले केही गर्न सकेनन् । बोल्न जति काम गर्न सजिलो हुन्न भन्दै नेकपाका नेताहरुले नै चर्को आलोचना गर्न थालेका छन् । 

एकता प्रक्रिया अगाडि बढ्न नसक्नुको मुख्य कारण शीर्ष नेतृत्वबीच देखिएको विवाद नै भएको निष्कर्ष निकाल्न थालिएको छ । अध्यक्षयद्ध ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधिकारी एकलौटी रुपमा चयन गरेको भन्दै दोस्रो तहका नेताहरु आक्रोशित छन् । 

वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालयको बैठकमा असहमति जनाएपछि विवादको सुरुवात भएको थियो ।

अब यसमा पनि देशी विदेशी तत्वले भूमिका खेलेर तालमेल नमिलेको त हैन होला । माधव नेपालले जतिसुकै खरो बोल्न सके पनि ओलीलाई क्रिष्टियनको ‘होली वाइन’ पिलाएपछि सबै तुस मेटिएको पनि बताइएकै हो । 

एमाले र माओवादी एकतापछि ४४१ जनाको केन्द्रीय कमिटी बनेको छ भने प्रदेशको पदाधिकारी प्रदेश कमिटीले पूर्णता पाएको छ । तर केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । एकताको टुंगो लागेको छैन । 

नेताहरु आन्तरिक छलफलमा छन् तर ओलीको मानसिकताप्रति प्रश्न उठाइरहेका छन् । एक सदस्यले भने, ‘अध्यक्षज्यूले के सोचिरहनु भएको छ भन्ने हामी कसैलाई केही थाहा छैन ।’

पछिल्लो समय प्रचण्डसंग समेत दूरी बढेको विश्लेषण भइरहँदा ओलीको हातबाट मुलुक बन्नु र पार्टी एक हुनु उस्तै हो भन्नेहरु पनि थपिन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ