arrow

‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सार्वजनिक होस्’ 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न आवाज उठेको छ ।

बडादशैंका बेलामा बढी दौडधुप भएपछि बिरामी भएर एक हप्ता अस्पतालमा र त्यसपछि झण्डै दुई हप्ता सरकारी निवासमा आराम गरेका ओली त्यसपछि फेरि निरन्तर कार्यक्रममा हानिँदै आएका छन् । 

उनले पछिल्लो समय गर्दै आएका निर्णयका कारण पनि रोगी नेताबाट शासित हुने अधिकार अभिशापबाट नेपाली जनताले मुक्ति पाउनु पर्छ भन्दै बरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक किशोर नेपालले विषय उठाएका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेपालले लेखेका छन्, ‘प्रम ओलीको वाणीको आलोचना र विरोध त नियमित भैसकेकोछ । यही सन्दर्भमा अब उनको स्वास्थ्यको यथार्थ अवस्था सार्वजनिक हुनु पर्दछ । यसका लागि स्वतन्त्र चिकित्सकहरूको आयोग गठन हुनु पर्दछ । रोगी नेताबाट शासित हुने अभिशापबाट नेपाली जनताले मुक्ति पाउनु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ