arrow

‘ग’ लाई करणी गरेको मुद्दामा पीडित र पीडकको मुद्दा आफैले लेखेर बहस गर्ने कानून व्यवसायी नियन्त्रणमा 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
handcuffs-1.jpeg

मेलम्ची । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिको जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ । 

खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफैले लेखेर आफैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ । 

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ