arrow

विपी कोइरालालाई हानिएको गोली थाप्ने कोइराला रहेनन्

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
tara_BP.JPG

काठमाडौं । पञ्चायतकालमा नेपाली काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालामाथि आक्रमण गर्नखोज्दा प्रतिरक्षा गर्ने तारानाथ कोइरालाको निधन भएको छ । मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा उपचारको क्रममा उनको निधन भएको हो । 

नेपाली काँग्रेस लमजुङका संस्थापक सभापति समेत रहेका कोइराला प्रजातन्त्रिक आन्दोलनका सेनानी हुन् । कोइराला तिनै ब्यक्ति हुन्, जसले पञ्चायतको विरुद्धमा आफ्ना अभियान चलाउँदै हिँडेका विपी कोइरालालाई ताकेर हानेको गोली आफ्नो शरीरमा थापेर कोइरालालाई बचाएका थिए । 

कोइराला जीवनभर एउटा खुट्टाविना नै बाच्न बाध्य भए । सोही घटनामा गोली लागेको खुट्टाको उपचार नभएपछि काटेर नै फाल्नुपरेको थियो । खुलेर काँग्रेस हुँ भन्न नसक्ने अबस्था पनि लुकीलुकी काँग्रेसको संगठन निर्माणमा लाग्ने कोइराला पार्टी पङ्क्तिमा जिउँदो शहीदको रुपमा चिरपरिचित थिए । 

जिन्दगीका हरेक आरोह र अबरोह झेल्दै काँग्रेसका लागि जीवन अर्पण गर्ने कोइरालाको निधनले काँग्रेसलार्इ ठूलो क्षति पुगेको काँग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ