arrow

रानिपोखरीमा नेविसंघको फुटवल

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
ranipokhari-footabll-nsu.jpg

काठमाडौं। मुलुकको बिकास निर्माण र शुसासनको दुरावास्था प्रति ब्यङय स्वरुप रानिपोखरीमा नेवि संघका नेताहरुले फुटवल खेलेका छ्न। केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, विद्यार्थी नेता दुजाङ शेर्पा लगायतका नेताहरुको टोली ' प्रधानमन्त्री ज्यु' विकासको सूचिमा रानिपोखरीलाई फुटवल मैदान बनाएको कुरा छुटेछ नि! भन्ने ब्यानर बोकेर पुगेका थिए।

डेढ घण्टासम्म चलेको फुटवल खेल मार्फत झुटो प्रचार र कुशासनको अवस्था प्रति ब्यङ्ग्य गरिएको उपाध्यक्ष सुवेदीले जनाए। संसदमा प्रधानमन्त्रीले मुलुकको बिकास र प्रगतिको झुटो तथ्याकं प्रस्तुत गरेपछि सांकेतिक बिरोध स्वरुप। विद्यार्थीले फुटवल खेलेका हुन।

काठमाडौंको केन्द्रमा रहेको रानिपोखरीको निर्माणमा त सरकार भेटिएन भने दुरदराजको अवस्था कस्तो होला विद्यार्थी नेताको आक्रोस थियो। प्रधानमन्त्रीलाई झुटको निद्राबाट ब्युझाउन प्रतिकात्मक ब्यग्यं स्वरुपको खेल भन्दै ४ टिमले डेढ घण्टा सम्म खेल खेलेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ