arrow

हाम्राकुराकर्मी पौडेल सम्मानित

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
ganesh-paudel.jpg

अर्घाखाँची। हाम्राकुरा डटकमका अर्घाखाँची जिल्ला संवाददाता घनश्याम पौडेल सम्मानित भएका छन्। नेपाल ज्योतिष परिषदले २१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा दोसल्ला र सम्मानपत्रले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, संस्थाका अध्यक्ष माधवराज पाण्डे र नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रध्यापक डा. माधवराज गौतमले सम्मानित गरे। 

अर्घाखाँची जिल्लामा रहेर विगत ५ वर्षदेखी पत्रकारिता गरेका पौडेललाई संस्थाले गरेका गतिविधी सञ्चार माध्यमबाट सूसुचित गराउँनमा योग्दान पुर्‍याएको भन्दै सम्मानित गरेको हो। कार्यक्रममा उपकुलपति गुरुङले ज्योतिषहरू निष्ठामा रहनुपर्ने बताए। उनले हिन्दुधर्म माथी सबै लागीपरेकाले सबै सचेत रहनुपर्ने बताए। धर्मको रक्षाका लागी सवैप्रतिवद्ध भएर लाग्नुपर्ने बताउँदै संस्थाको सहयोगका लागी तयार रहको बताए। 

नेपाल पन्चाङ निर्णायक समितीका अध्यक्ष प्रध्यापक डा. रामचन्द्र गौतमले धर्मको रक्षाका लागी सवै एकैठाउँमा जुट्नुपर्ने बताए। कार्यक्रममा विश्व ज्योतिष महासंघ, प्रध्यापक श्रीकृष्ण अधिकारी, सहप्राध्यापक माधवप्रसाद पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव विष्ट, संस्थाका उपाध्यक्ष घनश्याम सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरे।

नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, सचिव लक्ष्मण पन्थिको सञ्चालन र महासचिव सन्तोष बास्कोटीको स्वागतमा सम्पन्न भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ