arrow

विपीलाई बचाउने तारानाथ कोइरालाको अन्त्येष्टीमा पुगे रामचन्द्र, रिस्ती मादी दोभानमा भयो भावपूर्ण विदाई

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
bp-ramchandra-taranath.jpg

तनहुँ। पञ्चायतकालमा नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालामाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा गर्ने तारानाथ कोइरालाको मंगलवार अन्त्येष्टी गरिएको छ। मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा उपचारको क्रममा उनको निधन भएको थियो। 

कोइरालाको मंगलवार नै हिन्दु विधी अनुसार अन्त्यष्टी गरिएको हो। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल कोइरालाको अन्त्येष्टीमा सहभागि भएका थिए। रिस्ती मादी दोभानमा कोइरालाको भावपूर्ण अन्त्येष्टी भएको हो।

प्रजातान्त्रिक योद्धा तथा लमजुङ कांग्रेसका संस्थापक सभापति कोइरालाप्रति पौडेलले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन्। 

नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति समेत रहेका कोइराला प्रजातन्त्रिक आन्दोलनका सेनानी थिए। कोइराला तिनै ब्यक्ति हुन्, जसले पञ्चायतको विरुद्धमा आफ्ना अभियान चलाउँदै हिँडेका विपी कोइरालालाई ताकेर हानेको गोली आफ्नो शरीरमा थापेर कोइरालालाई बचाएका थिए । 

कोइराला जीवनभर एउटा खुट्टाविना नै बाच्न बाध्य भए। सोही घटनामा गोली लागेको खुट्टाको उपचार नभएपछि काटेर नै फाल्नुपरेको थियो । खुलेर काँग्रेस हुँ भन्न नसक्ने अबस्था पनि लुकीलुकी काँग्रेसको संगठन निर्माणमा लाग्ने कोइराला पार्टी पङ्क्तिमा जिउँदो शहीदको रुपमा चिरपरिचित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ