arrow

ओली सरकार गठन भएको झण्डै एक बर्षपछि कांग्रेसको छायाँ सरकार

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
baithak-congress.jpg.jpeg

काठमाडौं। संघीय संसदको चुनावमा पराजय व्यहोरेपछि आरोप प्रत्यारोपमै लागेको कांग्रेसले आफ्नो आन्तरिक द्वन्दलाई केहि कम गरेपछि बल्ल छायाँ सरकार बनाउने गृहकार्य शुरु गरेको छ। 

प्रमुख प्रतिपक्षमा पुगे लगत्तै कांग्रेसका केहि नेताले छायाँ सरकारकव अवधारणामा काम गर्नु पर्ने बताए पनि कांग्रेस नेतृत्व त्यसका लागि तयार देखिएको थिएन। तर केहि ढीलाई गरेर भएपनि कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने तयारी गरेको छ।

सरकारको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा अनुभव लिइसकेका नेतालाई छायाँ सरकारको मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने बताए । ‘एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’ खाँडले भने ।

सांसद गगन थापाले तीन मन्त्रालय एक मन्त्री हुनेगरी छायाँ सरकार बनाइने बताए। उनले पहिले अनुभव लिइसकेका मन्त्रीहरु सम्वन्धित मन्त्रालयमा रहने जानकारी दिए । यस्तै ती मन्त्रीहरु मध्येबाट नै छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।

कांग्रेसले मंगलबार नै सुचना निकालेर छायाँ सरकारमा रहने मन्त्रीहरुको लागि नाम माग्ने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार तीन दिनको समय दिएर छायाँ सरकारमा रहने सांसदहरुको नाम माग्ने र प्राप्त नामहरुबाट मन्त्री तोकेर छायाँ सरकारको जिम्मेवारी दिइने छ ।

संसदीय अभ्यास भएको मुलुक वेलायतमा यस किसिमको छायाँ सरकारको व्यवस्था रहेको छ। 

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दलको बैठक समेत बसेको थियो । बैठकले संसदमा प्रधानमन्त्रीले सांसदहरुले राखेको प्रश्नको जवाफ नदिएर संसदीय अभ्यासको उल्लंघन गरेकोप्रति समेत आपत्ति जनाएको छ । यस्तै बुधबारको बैठकमा समेत प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ नदिए संसदमा आइतबारको जस्तै अवरोध हुने कांग्रेसले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ