arrow

मौसमले साथ दिँदै, यस्तो छ शुक्रबारसम्मको पूर्वानुमान

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
weather.jpg

काठमाडौं । केही दिनदेखि बिग्रिएको मौसममा सुधार हुन थालेको छ । मौसमले साथ दिँदै जाँदा न्यूनतम तापक्रमसमेत बढ्न थालेको छ ।

मुलुकका अधिकांश स्थानमा आइतबार वर्षा भएकामा सोमबार केही ठाउँमा भएको थियो भने मंगलबार निकै घटेको थियो । 

बुधबार पनि एक दुई ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै केही हिमाली भेगमा हिमपात हुनेछ । 

बुधबार बिहान काठमाडौंको तापक्रम तुलनात्मक रुपले बढेको छ । ५ः४५ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो । पोखरामा ८, विराटनगर ५, धनकुटा ८.६ डिग्री सेल्यिस तापक्रम थियो । 

यस्तो छ पुस २७ गते शुक्रबारसम्मको पूर्वानुमान–

पुस २५ गते बुधवार–

दिउँसोः देशको पहाडी भूभागमाआंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

रातिः देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

पुस २६ गते बिहीबार–

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

पुस २७ गते शुक्रबार–

दिउँसोः देशको पश्चिमी भेग लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ