arrow

सरकारबाट न्याय नपाएपछि गंगामाया राष्ट्रसंघको शरणमा  

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
Gangamaya.jpg.jpeg

काठमाडौं । छोराका हत्यारालाई नेपाल सरकारले कुनै कार्वाही नगरेपछि न्यायका लागि सत्याग्रही गंगामाया अधिकारीले संयुक्त राष्ट्रसंघ युएनको शरण पर्ने भएकी छिन् । वर्षौंदेखि छोराको हत्यारा कार्वाहीका लागि अनसन बसे पनि उनले न्याय पाउन सकेकी छैनिन् । 

केही समयअघि सरकारले हत्यारालाई जसरी पनि कार्वाही गर्ने भन्दै सरकारले अनसन तोडाएको थियो । गंगामायाका पति नन्दप्रसादको चार वर्ष अगाडि नै अनसन बसेकै समयमा मृत्यु भएको थियो । 

नन्दप्रसादको शव अहिले पनि त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । सशस्त्र द्धन्द्धका क्रममा माओवादीले सुराकी गरेको आरोपमा उनका छोरा कृष्णप्रसादको हत्या गरेको थियो । 

गंगामायाले नेपालबाट न्याय नपाउने भएपछि छोराको हत्या प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् ।  

गंगामायाले बुधबार दिउँसो ३ बजे नेपालस्थित युएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ ।

गंगामाया युएन मुख्यालयसंग इंगल्याण्डसमेत जाने कार्यक्रम रहेको उनी निकटस्थले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ