arrow

डा केसीसंग भएको सहमति पालना गर्न प्रधानमन्त्रीलाई विवेकशीलको ज्ञापनपत्र

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
bibekshil_sajha.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा सुधारको लागि सत्याग्रहमा लागेका डा गोविन्द केसीले उठाएका मात्र संवोधन गर्न सरकारसंग आग्रह गरेको छ । 

प्रधाानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै विवेकशीलले गत साउन १० गते डा केसीसंग भएको सहमति पालनाका लागि आग्रह गरेको हो । 

डा केसीसंग १५ औं आमरण अनसन तोडाउने क्रममा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलको उपस्थितिमा सरकारका प्रतिनिधिसंग भएको सहमतिको हस्ताक्षर अनुसार नै पालना गर्न पनि विवेकशीलले आग्रह गरेको छ । 

उक्त सम्झौतापत्रमा डा केसीको प्रमुख माग गरेको चिकित्सा शिक्षा विधेयकलाई पारित गर्ने विषयमा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन छ । 

उपसमितिले समितिलाई पेश गरेको प्रतिवेदन डा केसीको मागको प्रतिकुल छ । यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवेकशीलले १६ औं सत्याग्रह सुरु गर्ने वातावरण नबनाउन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । 

समिति बैठक अहिले बस्दैछ भने डा केसी माग पूरा नभए आमरण अनसन बस्ने भन्दै मंगलबार नै इलाम पुगिसकेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ