arrow

इलामबाट डा. केसीले सुरु गरे १६औँ आमरण अनसन

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
dr-kc-ilam.JPG

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले इलामबाट १६औँ आमरण अनसन सुरु गरेका छन् ।   आफूसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गर्नको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै बुधबारदेखि डा केसीले आमरण अनसन सुरु गरेका हुन् ।  डा केसीले बुधबार अपराह्न ४ : ३० बजेबाट अनशन सुरु गरे।

सरकारले सम्झौता अनुसार काम नगरेको कारण १६औँ सत्याग्रह शुरु गर्नुपरेको डा केसीले बताए । डा.केसी इलाम फुलगाछीमा अवस्थित शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना झापा फिल्ड इलामको भवनको भुइ तल्ला हलमा सत्याग्रह सुरु गरेको स्थानीय पत्रकार गणेश घिमिरेले जानकारी दिए ।

यसअघी अनशन शुरु गर्न इलाम आएका डा गोविन्द केसीले पौस २५ सम्मलाई माग सम्बोधन गर्न समय दिदै सत्याग्रहको कार्यक्रम स्थगन गरेका थिए । 

गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गर्नुपर्नेलगायतका माग केसीका रहेका छन् । उनले वर्तमान प्रधानमन्त्री सहित सबै माफिया बचाउन लागेको आरोप लगाए । उनले भने “हामी उनीहरुले गर्नेकाम गरिरहेका छौ, उनीहरु हामीलाई व्लाकमेलीङ गरिरहेका छन् ।”

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्नुपर्ने उनले आफ्नो मागमा उल्लेख गर्दै आएका छन्। केसी गतअसार १६ गते १५औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए । पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो । उनले भने “विद्यार्थी मुखी र जनता मुखी ऐन ल्याएर छोड्छौ ।”

यसअघि डा केसीले १५ औँ आमरण अनसन  २० दिनसम्म जुम्लामा र बाँकी समय शिक्षण अस्पताल महाराजगञ्जमा बसेका थिए। डा केसीको  प्राडा केदारभक्त माथेमा र सुवास नेवाङले संयुक्त रुपमा अनसन तोडाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ