arrow

बैठकमा सर्लाहीका सञ्जय कुमारले ताके पेस्तोल, स्थानीयको प्रतिकारपछि फरार

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
gun.jpg

पुस । सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरबाट प्रहरीले दुई थान पेस्तोलसहित त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ । सो स्थानबाट मेडइन यूएसए लेखिएको दुई थान पेस्तोल, दुई थान म्याग्जिन र छ राउण्ड गोली बरामद भएको हो ।

हिजो दिउँसो स्थानीय जयनारायण यादवको घरमा बैठक भैरहेका बेला सोही ठाउँका सञ्जय कुमार यादवले जयनारायणमाथी एक्कासी पेस्तोल झिकेर ताक्न खोजेका थिए । त्यसक्रममा स्थानीयहरुले प्रतिकार गरेपछि सञ्जय हतियार छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी चौकी गौरीशङ्कर र ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । बरामद भएको हतियार ईलाका प्रहरी कार्यालय केशरगञ्जमा ल्याइ राखिएको र फरार रहेका सञ्जय कुमार यादवको खोजी तीव्र पारिएको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए ।

जिल्लाको ग्रामीण भेगमा कतिपय स्थानीयले अवैद्य हातहतियार लुकाइछिपाइ राख्ने गरेका छन् । बेला–बेलामा हुने झै–झगडा तथा झडपका घटनामा त्यस्ता हतियारको खुलेयाम प्रयोग हुने गरेका छन् । स्थानीय प्रशासनले हरेक चुनाव ताका हातहतियार बुझाउन अनुरोध गरेपनि बेवास्ता गरिँदै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ