arrow

अढाई केजी चरेससहित जय बहादुर पक्राउ

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष २५ बुधबार
charesh_photo.jpg

बझाङ। जिल्लाको बुंगल नगरपालिका –३ बिरपईसेरा बिजगडामा प्रहरीले दुई केजी ४ सय ८० ग्राम लागूऔषध (चरेस ) सहित एक जना पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बुंगलमा चेकजाचँ गर्ने क्रममा मंगलबार राती कैलालीको चुरे गाउँपालिका – ५ बस्ने २१ बर्षिया जय बहादुर धामीलाई चरेस सहित पक्राउ गरिएको हो ।

गोप्य सुचनाका आधारमा लागूऔषध ( चरेस)को कारोबार भएको थाहाँ भएपछि प्रहरीले उनिहरुको पिछा गरेको थियो । रोयल ईनफीन्यड वान टेस्ट मोटरसाईकलमा बिजगडाबाट बगथलासम्म जादै गरेको अवस्थामा दुईजनालाई झोलामा लुकाई छिपाई राखेको तीन पोकामा दुई केजी ४ सय ८० ग्राम लागूऔषध (चरेस ) बरामत गरेको प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जानकारी दिए ।

उनले भने , मोटरसाईकलमा सबार दुईजना रहेछन् एकजना प्रहरी संग धकलपकल गरि भागेकोले त्यसको बारेमा अनुसन्धान भई रहेको छ।'  चरेस सहित नियन्तणमा लिएका धामीबाट राहदानी एक थान , नागरिकताको प्रमाणपत्र एकथान , सिल्भर रंगको  स्क्रिन फुटेको मोबाईल एक थान र मोटरसाईकल र हेलमेट एक थान सहित नियन्तणमा लिएको बताईएको छ ।

पछिल्लो समयमा लागू औषध चरेसको काराबार गर्ने गिरोह मोटरसाईकलमा पनि सकृय भएकाले प्रहरीले समेत सोही अनुरुप अप्रेसन चलाएको समेत उपरिक्षक धिताले जानकारी दिए।  गएको बैशाख  प्रहरीले बझाङबाट मात्र तिन  पटक गरि झण्डै २२ केजि चरेस बरामत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ