arrow

दुई तिहाईको सरकार योजना बिहिन : महामन्त्री कोइराला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष १८ बुधबार
sasankl.jpg

बेलौरी । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई तिहाईको सरकार योजना बिहिन रहेको बताएका छन् । कञ्चनपुरको दक्षिणी भेगको बेलौरीमा आयोजित नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका महामन्त्री कोइरालाले भने 'वर्तमान कम्युनिष्ट सरकारसंग दुई तिहाई त छ तर योजना बिहिन र स्थिरता कायम गराउनै सक्दैन ।'

महामन्त्री कोइरालाले भने "चुनाव जित्न कांग्रेस बिरुद्ध मोर्चा बन्दी गरेर एमाले - माओवादी गठबन्धनले दुई तिहाईको सरकार त बनायो तर मुलुकको बिकासको योजना नभएको बताए ।
 
भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति भेलापछि पार्टी संगठन सुदृढीकरण अभियान अन्तर्गत पहिलो पटक बेलौरीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने "कम्युनिष्टहरुको गठबन्धनका कारण मात्रै हामी हारेका होइनौं हामी भित्रैको कारणले हामी हारेका हौं त्यसकारण हामी भित्र एकता बनाउन आवश्यक छ । " उनले भने पार्टीलाई कसरी एक जुट बनाउने यो बाटोमा हामी लागेऔं भने कांग्रेस नम्बर वान बन्नेछ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले बेलौरीमा आयोजना गरेको सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री कोइरालाले एकताको बिकल्प नभएको जोड दिएका थिए । उनले भने पात झर्दैमा रुख सुक्दैन जाडोमा रुखका सबै पात झर्छन तर वसन्त ऋतु संगै पालुवा पलाएर रुखमा हरियाली छाउछ त्यस्तै कांग्रेस फेरि सुदृढ बनेर आउँछ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै  नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडुले भने " दुई तिहाईको दम्भमा रहेको सरकार बिधिको शासनलाई कुल्चदै छ । वाइबडी प्रकरणमा सार्वजनिक खरिद ऐनले गरेको ब्यबस्था मिचेर काम गर्दै छ । नयाँ जहाज ल्याउने निर्णय गरिएको तर पुरानो जहाज खरिद गरेको छ ।
नेता बडुले भने "देशको शान्ति सुरक्षा बिग्रदै गएको छ । दोषीलाई जोगाउन सरकार लागेर बिधिको शासन मिच्दै छ । यिनै कारणले बर्तमान सरकार कम्युनिष्टको अन्तिम सरकार बन्नेछ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य एनपी साँवदले भने "सरकारले सामान्य प्रक्रिया समेत निर्वाह गर्न सकेको छैन घटनाका अपराधीलाई पक्रन सकेको छैन । निर्वाचन अघि स्थिरताको नारा लाउने बामपंथीले दिनै सकेनन । उनले भने" समृद्धिको कुरा गरे तर समृद्धि त्यसै आउदैन रोजगारीको अबस्था सृजना गर्नु पर्छ तर सरकारले सिन्को भाँचेन ।"  सुदुरप्रदेश सरकारले प्रदेशको राजधानी तोकेको बिषयमा नेता साँवदले भने "केही जग्गा दलालको हीतमा चुरेको फेदमा राजधानी लैजाने काम गरिएको छ । कांग्रेस चुप लाग्ने छैन आन्दोलनको बिगुल बजाउने छ । "

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले भने "बिगतका उपलब्धि हरुलाई हिफाजत गर्दै संगठन सुदृढीकरण गरि पार्टी लाई एकताको लैजाने आवश्यकतामा जोड दिए ।" निर्मला हत्याकाण्ड को पर्दाफास नभए सम्म कांग्रेस चुप नलाग्ने नेता घिमिरेले बताए ।

बिहिबार बेलौरीमा आयोजित सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य दीपक गिरीले भने कम्युनिष्टहरुले जनतालाई झुक्याए वाइबडी खरिदमा गरिएको भ्रष्टाचारको छानबिन गरिएन । बलात्कारीलाई कारवाही गरिएन दुई तिहाई बहुमतले बलियो भन्ने सरकार यति कमजोर किन भनेर केन्द्रिय सदस्य गिरीले प्रती प्रश्न गरेका थिए ।

शुक्रवार नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्र नम्बर १ को सम्मेलनमा क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायको सभापतित्वमा सञ्चालन गरिएको उद्घाटन सत्रमा गोपालसिह गुरुङले सञ्चालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ