arrow

'माफियाको हितमा कालो धनलाई सेतो बनाउन ओली र प्रचण्डले गराए विधेयक पारित' (भिडियो)

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
kc2.JPG

इलाम । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले  संसदको शिक्षा समितिबाट आफूसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको जनाउँदै १६ औँ सत्याग्रह इलामबाट शुरु गरेका छन् । डा. केसीले इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको एक घरमा बुधबार साँझ ४ : ३० बजेबाट सत्याग्रह सुरु गरेका हुन् ।

जनताको पक्षमा आफ्नो लडाई जारी रहने केसीको भनाई छ । सत्याग्रह सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको कारण सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको बताए । डा केसीसँगको सम्झौतामा काठमाडौं उपत्यकाबाहिरका मेडिकल कलेजको हकमा चिकित्सा शिक्षा आयोगले बनाएको नीती बमोजिम हुने व्यवस्था थियो । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन दिन नपाइने केसीसँगको सम्झौता विपरित समितिले पारित गरेको विधेयकमा आशय पत्र लिइसकेका काठमाडौ  बाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने उल्लेख छ । १६ औँ सत्याग्रह थालेका डाक्टर केसीले अबको आफ्नो लडाइँ बिगतमा गरेका सम्झौताको पूर्ण रुपमा कार्यन्न्वयन गराउने मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल बिरूद्ध हुने बताए ।
 
जनताका हितमा हुने ऐन बनाउन जिताएर पठाएकाले ओली र प्रचण्डको निर्देशनमा कालो धन सेतो बनाउने माफियाको हित अनुकुल गरी बिधेयक पारीत गरेको आरोप लगाए  । सत्याग्रह बस्नका लागि यहाँका बिभिन्न ठाउँ हेरेपनि उपयुक्त कहिँ नभएकाले यस खाली भवनमा बसेको केसीको भनाई छ । सत्याग्रह थालेका केसीले गत साउन १० गते सरकारसंग भएका सम्झौता तत्काल संशोधन गरेर चिकित्साशिक्षा बिधेयक संसदबाट पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडीकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्नुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनका साथै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनुपर्ने माग छ ।

यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना शुरु गर्नुपर्ने, सरकारको निर्णयको उल्लङघन गरी काठमाडौं बिश्व बिद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषि पदाधिकारी माथि कार्वाही गर्नुपर्ने माग केसीको रहेको छ । साथै १६ औँ सत्याग्रहबाटै डा केसीले द्धन्दकालमा जघन्य अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनुसार दणित गर्नुपर्ने, द्धन्दपिडीतको माग सुनुवाई गर्दै संक्रमणकालीन न्याय शिघ्र टुंगोमा पुरयाउनु पर्ने माग पनि थपेका छन् । बुधबार मात्रै शिक्षा तथा स्वास्थ्य समितिले चारजना कांग्रेस पक्षधर संसदको फरक मत हुँदाहुँदै बहुमतबाट विधेयक पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ