arrow

डिएनए म्याच गर्न निर्मलाकी आमाको रगत लिइयो

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ पुष २५ बुधबार
nirmala2.JPG

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको योनीबाट संकलन गरिएको ‘भेनाईजल स्वाब’ प्रति नै शंका उपशंका गर्न थालिएपछि उनका आमाको रगतको नमुना संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको छ । निर्मलाका परिवार र अधिकारकर्मीले निर्मलाकै स्वाब हो, या होईन भनि एकिन गर्न  आमा बाबु दुवैको रगत नमुना संकलन गर्नुपर्ने माग राख्दै आएका थिए ।

महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमुना संकलन गरेको हो । दुर्गाले रगतको नमुना दिएपछि आफ्नै छोरीको यौनी भित्र भेटिएको स्वाब पठाएको हो, या होईन भनि एकिन गर्नका लागि एक्कैले रगत दिएको बताईन् । ‘मैले श्रीमान यज्ञराजसंग रगत दिउँ भन्दा उनले दिन मानेनन्, ‘उनले भनिन, ‘खै किन नमानेका हुन, डरले पो हुन, कि कसैले उस्काएको हो, मलाई थाहा भएन् ।’ संका हटाउनका लागि छोरीसंगको डिएनए म्याच गराउन रगतको नमुना दिएको दुर्गाले बताईन् ।

 श्रीमानलाई डर लागेर रगतको नमुना दिन नमानेको बताउदै उनले आफुले जन्म दिएको छोरी भएकाले स्वच्छ्याले रगत दिएको बताईन् । दुर्गाले फेरी पनि निर्दोषलाई फसाउन सक्छकी भन्ने भ्रमले श्रीमानले रगतको नमुना दिन हालटाल गरेको हुनसक्ने बताईन् । तर, निर्मलाका बाबु यज्ञराज पन्तले आफ्नो मान्छेसंग सल्लाह गरेर रगतको नमुना दिने बताएका छन् । ‘मैले डिएनएमा संका गरेको पनि होईन, माग पनि गरेको थिएन,‘उनले भने, ‘मैले माग गरेको होईन्, मिना भण्डारीले गरेको हो ।’ आफ्ना मान्छे केही काठमाण्डौँ कोही कता भएकाले उनीहरुसंग सोधेर रगतको नमुना दिने यज्ञराजले बताए । रगतको नमुनाको विषयमा निर्मलाका आमाबाबु विच विवाद देखिएको र्छपस्ट भएको छ । आमाले दिने, बाबुले नदिने भएपछि विवाद सतहमै देखिएको हो । दुर्गाले हिजो मात्रै श्रीमान संग रगत दिने विषयमा सल्लाह गरेपनि श्रीमानले रगत दिन नमानेको बताईन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसामु पनि अधिकारकर्मी मिना भण्डारी लगायतले निर्मलाको स्वाब हो या होईन भनि एकिन गर्नका लागि आमा बाबु दुवैको रगत नमुना संकलन गर्नुपर्ने माग अघि सारिका थिए  ।  यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले बुधबार निर्मलाकी आमा दुर्गादेवि पन्तको मात्रै रगतको नमुना लिएको छ । दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होईन यकिन गर्नका लागि रगत दिएकी छिन् । प्रहरीले निर्मलाकै यौनीबाट स्वाब पठाएको एकिन गर्दै निर्मलाको डिएनएन म्याच गर्नका लागि दुर्गाले रगत दिएकी हुन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ