arrow

प्रदेश ३ का मन्त्री जमरकट्टेलले पत्रकारलाई चेतावनी दिदै भने,' लेख्न नियन्त्रण नगरे जेल जान तयार हुनु'

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
salikram-jamarkattel.png

हेटौंडा । तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको बताएका छन्। पत्रकारले जे पनि लेख्दै गएमा जेलसम्म हाल्ने उनले चेतावनी दिए। उनले लेख्न नियन्त्रण नगरे जेल जान तयार हुन सचेत गराए ।

अक्सफामको आयोजनामा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले ‘मन्त्रीले तेलको पैसा खाएको’ जस्ता सरकार विरुद्धमा समाचार लेखेको उनले आरोप लगाए ।

संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको बताउँदे उनले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिँदै पत्रकारले जे गरे पनि छुट नहुने चेतावनी दिए।

कानुन र शान्तिसुरक्षामा कसैसँग पनि सम्झौता नहुने उनको भनाइ छ । न्यायक्षेत्र अत्यन्तै परम्परावादी भएको टिप्पणी गर्दै मन्त्री जमरकटेलले भने,‘अरु सबैले परिवर्तनलाई स्वीकार गरे पनि अदालतले परिवर्तनलाई स्वीकार गर्न सकेको छैन । अब तीन महिनामा कुनैपनि मुद्धाको छिनोफानो हुनुपर्छ । अदालतमा पेसी सरेको सरेकै हुने र विकट जिल्लाबाट सर्वोच्च अदालतमा पीडितहरु धाइरहनु पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ ।’

स्थानीय तहमा इजलास बनाएर काम सुरु गर्नका उपप्रमुखहरुलाई निर्देशन दिँदै उनले भने, ‘अदालतमा आएर बस्ने, चिया खान, दिनमा तीन घण्टा पनि इजलास नबस्ने, मुद्धाको पेसी सरेको सर्यै हुने समस्याका कारण अब स्थानीय तहबाट नै न्याय दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ