arrow

नेपाली सेनाको मिलोमतोमा अबैध क्रसर संचालन, पत्रकारमाथि सेनाका मेजरले गरे दुर्व्यवहार

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ पुष २५ बुधबार
army3.jpg

जनकपुरधाम । गत शनिबार नेपाली सेनाले जिल्लाका सञ्चारकर्मीहरुमाथि दुर्व्यवहार गरेको छ  ।  पत्रकारले गोप्य सुचनाको आधारमा  बर्दिबास नगरपालिका वडा नं - १३ मा  अवैध रुपमा सञ्चालित क्रसरहरुको रिपोटिङ गर्ने क्रममा विजय साहले बर्दिबास -१३ मा  सञ्चालन गरेका चुरियाँमाई वासिङ सेन्टरले प्रदेश नं २ को पृत्तना क्षेत्र भित्र अवैध रुपमा नदि उत्खन्न गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियाँमाई वासिङ सेन्टरमा लगि रहेको अवस्थामा पत्रकारहरु ललन मण्डल र निकेश खनाललाई  नेपाली सेनाका मेजर पुष्कर बस्नेतले रिपोटिङका क्रममा दुव्यवहार गरेका छन् ।

उनले सञ्चारकर्मी द्वयले मोबाइल र क्यामरामा खिचेको भिडियो र फोटो समेत खोसेर डिलेट गरेका छन् । सेनाका मेजरले पत्रकार द्वयसंग“तिमीहरु कहाँबाट आएका  को हौँ ? हाम्रो अनुमति बिना किन हाम्रो पेरिमिटर भित्र प्रवेश गरौं । ” भनी प्रश्न गर्दै अपराधिलाई जस्तो व्यवहार गरेका छन् ।

पत्रकारसंग सेनाका मेजर बस्नेतले चुरियाँमाई वासिङ सेन्टरका सञ्चालक विजय साहसंग क्रसरले सेनाको काम गरेबापत  सेनाको पेरिमिटरबाट नदि जन्य पदार्थ उत्खन्न गर्न दिने सर्त राखी सेनाको पेरिमिटर भित्र  निर्माणाधिन रहेका अधुरा कामहरु सम्पन्न गर्ने शर्तमा काम गरेको बताए । उनले सम्झौता अनुसार नै उत्खन्न भएको  बताउदैं सञ्चारकर्मीले आफूहरुलाई अनावश्यक दुःख दिएको उल्लेख गरे । साथै सञ्चारकर्मीलाई प्रलोभन समेत देखाएका थिए  ।

घट्नास्थलमा चुरियाँमाई वासिङ सेन्टरद्धारा सञ्चालित ४ वटा ट्रिफर  बर्दिबास नगरपालिका भित्र रहेका हात्तीलेट र चौलिखा प्रहरी चौकीबाट खटिएका  प्रहरी तथा पत्रकारद्वयको रोहबारमा ना ८ ख २४३७ ,ना१ क ६८५७,ना १ क ६८५९ नम्बरका ट्रिफर  र एउटा नम्बर नखुदेको जेसिभि गरी ४ वटा गाडीलाई नियन्त्रण लिइएको थियो ।

ट्रिफर र जेसिभि नियन्त्रणमा लिएपछि नाम नखुलेका ट्रिफर चालकले सेनालाई खवर गरेका थिए । खवर पाएपछि सेनाका मेजरले गाडी नजिक आई डरत्रास देखाई प्रहरीको हातबाट ट्रिफरको साचो खोसेका थिए ।

सेनाका मेजर बस्नेतले आफूले सबै काम पृत्तनापतिकै आदेशमा गरेको जानकारी गराउदैं सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुंदा आफूहरुले गरेको क्रियाकलाप कानुन संवत् रहेको भन्दै प्रहरी तथा सञ्चारकर्मीलाई घटनास्थलबाट फर्काएका थिए ।

घट्नाको विषयमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीद्धय निकेश खनाल र ललन मण्डल माथि नेपाली सेनाका मेजर बस्नेतले  गरेको र्दुव्यवहार प्रति घोर भर्तसना गर्दै घटनाको यथाशीघ्र छानबिन गरी दोषी माथि कारबाहीको मांग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ