arrow

सरकारले `जुम्ला´ अनशनको सहमति तोडेर `इलाम´ अनशन निम्त्यायो

विश्वप्रकाशको प्रश्न - सरकार चलाउने नेपथ्यको शक्तिशाली को ?

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
bishwa-prakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले `जुम्ला´ अनशनको सहमति तोडेर `इलाम´ अनशन निम्त्याएको आरोप लगाएका छन् ।  बुधबार हाम्राकुरासँग कुरा गर्दै प्रवक्ता शर्माले डा गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने क्रममा गरिएको सहमति तोडेर `इलाम´ अनशन सरकारले नै निम्त्याएको बताए ।

डा केसीको `इलाम अनशन´शुरु संगै उब्जिएका सबालहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग राख्दै प्रवक्ता शर्माले सोधेका छन्, 'आफ्नै अग्रसरतामा भएको सहमति उल्ट्याउने को छ नेपथ्यमा शक्तिशाली ?'

नेकपा नेतृत्वको सरकारलाई नेपथ्यको कुनै शक्तिशाली तत्वले चलाएको प्रष्ट भएको उल्लेख गर्दै शर्माले सोधेका छन्, 'आजको विमतीलाई सहि भन्ने कि हिजोको सहमतिलाई ?'  

अबको समाधान कसरि निकाल्ने भन्ने सन्दर्भमा शर्माले भने, 'हिजोको सहमतिमा तत्काल फर्कने कि देशब्यापी प्रदर्शन पर्खने ?'

शर्माले अध्यादेश मार्फत डा केसीका मुख्य माग कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पूरा गरे पनि  सो अध्यादेश ओली सरकारले नउल्ट्याएको भए आजको द्वन्द सृजना नहुने समेत उनले प्रष्ट पारे ।  डा. केसीको माग पुरा नगर्ने नियत राख्दा ओली सरकारले द्वन्द निम्त्याएको शर्माको आरोप छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ