arrow

सिमा अतिक्रमण हटाउन नेपाल भारत संयुक्त सुरक्षा गस्तीद्वारा स्थानियबासीलाई निर्देशन

logo
अंगद यादव।
प्रकाशित २०७५ पुष २५ बुधबार
joint_security-force-nepal-india.png

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा सिमा सुरक्षाको लागि नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सम्पन्न गरिएको छ। सिमा क्षेत्रमा दुबै देशका स्थानियबासीहरुद्वारा सिमानामा पराल, ढुङ्गा, माटो, काठ, बालुवा, जस्तो सामानहरु राखिएको हुदाँ दुबै देशका सुरक्षाकर्मीहरुले त्यसलाई हटाएका थिए ।

सिमा क्षेत्रमा राखिएको पराल, ढुङ्गा, बालुवा, ईटा र गोठ पुर्ण रुपले खाली गर्न स्थानियहरुलाई निर्देशन समेत दिईएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

संयुक्त गस्तीको क्रममा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एसएसबी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक पंकज कुमारको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ४९७ देखी स्तम्भ संख्या ५०२ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरीले जनाएको छ।

गस्तीको क्रममा पिलरको अवस्था सिमा अतिक्रमण साथै सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।

संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ९ जना, भारतीय एसएसबीबाट ११ जना तथा नेपाल र भारतीय प्रहरीबाट ८ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ