arrow

सैनिक प्रवक्ता ढकालले सम्हाले जिम्मेवारी 

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
sahayek_rathi.jpg

काठमाडौं । नेपाली सेनाको नयाँ प्रवक्ता यामप्रसाद ढकालले जिम्मेवारी सम्हालेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहायक रथी गोकुल भण्डारीले ढकाललाई कार्यभार हस्तान्तरण गरेका हुन्। 

झण्डै एक साता अघि प्रवक्ताको जिम्मेवारी पाएका ढकालले जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध हाँसिल गर्नु नै आफ्नो मूल लक्ष्य रहेको प्रतिक्रिया दिए । जिम्मेवारी सम्हालेपछि हाम्राकुरासँगको संक्षिप्त कुराकानीका क्रममा प्रवक्ता ढकालले नेपाली सेना, आम नागरिक र पत्रकार जगतको कार्यशैली फरक भएपनि अन्तिम लक्ष्य राज्यको हित नै रहेको भन्दै राज्यको हितका लागि जनता, सेना र पत्रकारहरु हातेमालो गर्दै जानुपर्नेमा जोड दिए । त्यसको लागि आफूपनि क्रियाशील रहने ढकालको भनाई थियो । 

यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारी नेपाली सेनाको तालिम शिक्षालय खरिपाटीको प्रमुखको जिम्मेवारीमा सरुवा भएपछि ढकालले निर्देशनालयमा जिम्मेवारी पाएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ