arrow

कांग्रेसका पुराना नेता ढकालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पुराना नेता केशवप्रसाद ढकालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसका तर्फबाट पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्तिमार्फत ढकालको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कांग्रेस महासमिति सदस्य लोकेश ढकालका पिता केशवप्रसाद ढकालको गए राति चावहिल मनमैजुस्थित आफ्नै निवासमा ८६ वर्षीयको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

स्व ढकाल २००७ सालको क्रान्तिमा संलग्न थिए र क्रान्तिपछि सुवर्णशम्शेर राणा स्वदेश फर्कदा उनि पनिसँगै नेपाल फर्किएका थिए । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ