arrow

नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

logo
अंगद यादव,
प्रकाशित २०७५ पुष २६ बिहिबार
dhisko-ghaitey.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको प्रतापपुर गाऊपालिका वडा नं ५ श्रीरामपुरमा बिहिवार माटोको ढिस्कोले पुरेर एकजना बालक गम्भिर घाईते भएका छन ।

बिहिबार बिहान आफ्नो पाँच जना साथीहरुसंग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि माटोले पुरिएका थिए । केटाहरुले हल्ला गरेपछि स्थानीयले कोदालो र बेल्चाबाट माटो हटाई बाहिर निकाल्दा गम्भीर अवस्थामा थिए ।

घाईते प्रतापपुर गाऊपालिका वडा नं ६ गूठि प्रसौनी बस्ने बाया तेलिको छोरा ११ बर्षिय दिलिप तेली थिए । घाईते भएका तेलीलाई उपचारको लागी शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको सशस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारी दिए । अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ