arrow

प्रधानसेनापति थापा शुक्रबार भारत जाँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न लिने 

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
PC_thapa_General.jpg

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी विपिन रावतको निमन्त्रणामा थापाले ६ दिने भारत भ्रमण गर्न लागेका हुन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि थापाको यो पहिलो भारत भ्रमण हो । 

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । साथै उनले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ