arrow

सरकारी अस्पताल वीर वा टिचिङमा सेवा गर्ने पूर्व राष्ट्रपतिको इच्छा

logo
शरद रेग्मी,
प्रकाशित २०७५ पुष २६ बिहिबार
dr_yadav3.jpg

दाङ। पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकारी अस्पतालमा सेवा गर्ने  इच्छा देखाएका छन् । बिहिबार दाङमा बोल्दै गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. यादवले आफू अस्पताल जानु परेमा सरकारी अस्पतालमा मात्रै जाने बताएका हुन् ।

कार्यक्रममा बोल्दै डाक्टर यादवले भने ‘मेरो एउटा सीमा छ, म प्रोफिट मेकिङ अस्पतालमा जाँदैन,’ डा.यादवले भने ‘ यदी म गएछु भने सरकारी अस्पतालमै जाने छु ।’ उनले काठमाडौंमा भए वीर र टिचिङमा अनि मोफसलमा भए गृहजिल्ला जनकपुरमा जान सक्ने इच्छा जाहेर गरे ।

आफू नेपाली कांग्रेसबाट ट्रेन्ड भएर प्रथम राष्ट्रपति हुने सौभाग्य समेत मिलेको  हुँदा कांग्रेसका नेताहरुले बीपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा जान सुझाएको भएपनि त्यहाँ जान नसक्ने उनले बताए । आफु बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा कृष्णप्रसाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गर्दै डा.यादवले  मनमोहन लगायतका नेताहरुको  नाममा पनि अस्पताल खुलेको हुँदा उनीहरुको नाम वदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राखे । यादवले भने ‘उहाँहरु सबैको लोकतन्त्र प्राप्तीमा ठूलो योगदान छ, त्यसैले उहाँहरुको सम्मान गर्नुपर्छ।’

बर्तमान संविधान कार्यान्वयनमा चिन्ता ब्यक्त गरेका उनले संविधान कार्यान्वयनमा देखिएका समस्याहरुप्रती आशका गर्दै कार्यान्वयनमा चिन्ता ब्यक्त गरे  ।

पूर्व राष्ट्रपति यादवले भने “म जहाँ जान्छु संविधान कार्यान्वयनमा जोड दिदै आएको छु यसो गर्दा सरकारलाई केही न केही दबाव पुग्ने छ भन्ने आशा लिएको छु “ उनले संविधान अक्षरस कार्यान्वयन हुनुपर्नेछ धारणा राख्दै  मुलुकलाई सहि ढङ्गबाट सञ्चालन गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ