arrow

७ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को कहाँ गए ? 

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । मन्त्रिपरिषद्ले ७ जना महासेनानीहरुको बढुवा गरेको छ । बिहीबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनाको विभिन्न स्थानमा कार्यरत ७ प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गरेको हो । साथै मन्त्रिपरिषद्ले १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय समेत गरेको छ । 

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत राजेन्द्र श्रेष्ठलाई महासेनानीमा पदोन्नती गरी मानव अधिकार निर्देशनालयमा खटाईएको छ । त्यस्तै, सैनिक कल्याणकारी योजना निर्देशनालयमा कार्यरत कान्छाकाजी कार्कीलाई महासेनानीमा पदोन्नती गरी पूर्वी पृतना हेडक्वाटरमा खटाईएको निर्देशनालयका निर्देशक यामप्रसाद ढकालले जानकारी दिए ।  

त्यस्तै, २८ नं वाहिनीमा कार्यरत हेम कुमार गिरीलाई पदोन्नती गरी २२ नं वाहिनीमा खटाईएको छ । अर्का प्रमुख सेनानी प्रसिद्ध बहादुर बस्नेतलाई उनी कार्यरत १७ नं बाहिनीमा नै यथावत राखिएको छ । विपद व्यवस्थापन गणका दीप सिंहलाई पदोन्नती गरी मध्य पृतनामा खटाईएको छ । मध्य पृथनाका राजेन्द्र प्रसाद सुनुवारलाई सैनिक तालिम केन्द्रमा खटाईएको छ भने २५ नं बाहिनीमा कार्यरत खेमनारायण पौडेललाई पदोन्नती गरी असवाव निर्देशनालयमा पठाईएको ढकालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ