arrow

सरकारको निर्णय : पृथ्वी जयन्तीमा विदा नदिने, वाईडबडीका दोषीलाई तत्काल कारबाही नगर्ने

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
prithvi-narayan.gif.gif

काठमाडौं । सरकारले गरेको निर्णयका १३ बुँदाहरुमा कतैपनि वाईडबडी र पृथ्वी जयन्तीको विदाको बारेमा कतैपनि निर्णय थिएन । धेरैलाई चासो भएको यो दुई विषयमा निर्णय नभएको सञ्चार तथा प्रविधि मन्त्री गोकुल वाँस्कोटाले यी दुई विषयमा निर्णय नभएको प्रतिक्रिया दिए । 

बिहीबार सूचना तथा सञ्चारमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकूल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले बहुप्रतिक्षित पृथ्वी जयन्तीमा विदा दिने निर्णय नगरेको मन्त्री बास्कोटाले जानकारी दिए । चौतर्फी रुपमा माग गरिएको सो विषयमा विदा नदिईएको मन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारले विभिन्न राज्यको विशिष्ट पद आसिनहरुको मर्यादाक्रम समेत स्वीकृत गरेका छ । 

अर्काे तर्फ सरकारले वाईडबडीका दोषीहरुलाई तत्काल निलम्बन समेत नगर्ने बताएको छ । सो विषयमा न्यायिक समिति गठन गरिसकेको अवस्थामा तत्काल उनीहरुलाई कारबाही नगर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिएका छन् । 

त्यस्तै, मन्त्रिपरिषद्ले ७ जना महासेनानीहरुको बढुवा गरेको छ । बिहीबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनाको विभिन्न स्थानमा कार्यरत ७ प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गरेको हो । साथा १३ जना महासेनानीलाई सरुवा समेत गरिएको छ । 

यस्तो छ सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद्का निर्णयहरु :

Image may contain: text

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ