- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा बिहिबार अपराह्न राजधनी आइपुगे।
प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उनले शिष्टाचार भेट गरे । त्यस अवसरमा उहाँहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । एडमिरल डेभिडसन शुक्रबार अपराह्न स्वदेश फर्किनेछन् ।