arrow

राप्रपाले जितेको क्षेत्रमा मात्र पृथ्वीजयन्तीको बिदा

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
raprapa--new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ । 

राप्रपाले स्थानीय तहको निर्वाचनमा तीन तहमा जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल तथा धादिङको रुवीभ्याली गाउँपालिका गरी तीन तहमात्र जितेको राप्रपाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । 

धार्मिक रुपले नहेरी पार्टीगत रुपले हेरिएको छ । के हिन्दू, मुस्लिम, इसाई । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्दा धर्म र जात हेरेनन् । 

राप्रपाले हिन्दू धर्मको वकालत गर्दै हिंडे पनि स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा हिन्दूधर्मी, कचनकबलमा मुस्लिमधर्मी र रवी भ्यालीमा प्रमुख इसाईधर्मी छन् । 

यसै सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापाले सगौरब लागेको भन्दै ट्वीट गरेका छन् । उनले लेखेका छन् – म गर्वका साथ भन्छु – यी तिनैवटा उपमहानगरपालिका र गाउँपालिका राप्रपाले जितेको स्थानीय तह हुन् । राष्ट्रिय एकता दिवसमा बिदा दिने मात्र होइन, विकास र जनहितका कार्यमासमेत उल्लेखनीय कार्य गरेर उदाहरण बनेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ