दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टमा धाक धम्की दिने नक्कली डिएसपी पक्राउ
प्रकाशित २०७५ पुष २७ शुक्रबार
707
Shares
काठमाडौं । सक्कली डिएसपीको नाम लिएर होटलमा बस्ने नक्कली डिएसपी पक्राउ परेका छन् । नेपाल प्रहरीको वहालवाला डिएसपी भनि परिचय पत्र देखाई धाक रबाफ देखाई अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई विशेष सूचनाको आधारमा काठमाडौं परिसरको विशेष टोलीले बिहिबार पक्राउ गरेको हो ।
विगत १४ दिनदेखि कमलादी स्थित तिरुपति होटलको रुम नम्बर २०३ मा बसेका थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा समेत डिएसपी हुँ भन्दै धाक धम्की दिदै हिडेको थिए ।
विशेष सूचनाको आधारमा विशेष टोलीले बिहिबार राति उनलाई होटल तिरुपतिबाट पक्राउ गरेको हो । थापाको बिषयमा थप अनुसन्धान भईरहेको काठमाडौं परिसरले जनाएको छ ।