arrow

वाइडबडी प्रकरण, सुनकाण्ड लगायत काण्डै काण्डैमा फसेको सरकार : महत

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २७ शुक्रबार
image_bardiya.jpg

बर्दिया । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रस अव भष्टाचारका विरुद्ध प्रस्तुत हुने बताएका छन् । शान्ति सुरक्षाको अवस्था नाजुक भएको, जताततै हत्या हिंसा, आतंक फैलिएको , देशनै संस्थागत भ्रष्टाचारको चपेटमा परेको बताउँदै उनले नेपालको संविधानलाई वेवास्ता गर्दै आफुखुशी काम गर्ने , पार्टीकरण गर्ने वर्तमान सरकार पुरै असफल भएको बताए ।

राजापुर माघी महोत्सवको उद्घाटन गर्न राजापुर आएका बेला नेपाल प्रेस युनियन बर्दिया शाखाले राजापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी बहुमतको वर्तमान सरकारले जनमुखी काम गर्न नसकेकोले सरकार विरुद्ध वडा, गाउँ, नगर, प्रदेश र केन्द्रस्तरबाट नेपाली कांग्रेसले आन्दोलन गर्ने बताए । वर्तमान सरकार व्यक्तिमुखी, पार्टीमुखी बनि नेपाली जनताले चाहेको सुशासन, समद्धि, आर्थिक सुधार, रोजगारीका अवसर दिलाउन नसकेको उनको भनाइ छ ।

नेपाली जनतालाई विभिन्न किसीमका आश्वासन बाँडेको वर्तमान सरकारले एक बर्ष पुरा हुँदा पनि जनताको अपेक्षा पुरा गर्न असफल भएको उनले बताए ।सरकारले नेपाली जनतालाई कर माथि कर लगाउँदै गएको जसका कारणले नेपालमा विदेशी लगानी ७५ प्रतिशत लगानी घटेको बताए । युवाहरुले रोजगारी पाउन लगानीको वातावरण बनाउनु पर्ने बताउँदै उनले इमानदारीता, सर्मपण नभएका कारण अहिलेको सरकारले जनताले चाहेको काम गर्न नसकेको प्रष्टाए। ।

यो सरकार संग कुरा गर्ने सीप छ, काम गर्ने सीप छैन्  उनले भने । भ्रष्टाचार, वाइडबडी प्रकरण, सुनकाण्ड लगायत काण्डै काण्डैमा वर्तमान सरकार फसेको छ ।

कृषि उत्पादन बढाउन र असली कृषकहरुलाइ बीउबिजन,मलखाद तथा सिचाइमा सिधै अनुदान जाने व्यवस्था, औधौगिक संरक्षण र  युवा रोजगारी सहितको आर्थिक नीतिमा नेपाली कांग्रेस रहेको उनको भनाइ छ । नेपाल प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष विनय राजभण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघीय सांसद एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौर, महासमिति सदस्य विद्याप्रसाद खनाल, तेजबहादुर भाट, सुरेशराज योगी समेतको उपस्थिति थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ