arrow

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा हरेक तहमा संयोजक तोकिने : मन्त्री विष्ट

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
gokarna1.jpg

रामपुर, पाल्पा । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तिब्रताका साथ कार्यान्वयनमा जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् । पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री विष्टले इतिहासमै पहिलो पटक ३ तहको सरकारको अभ्यास भैरहेकाले स्थानीय तहलाई जोड दिदै सरकारले सामाजिक सुरक्षा कार्यक्रमबाट देशभरका श्रमजीवी बर्गलाई जोड्ने र देशलाई समृद्दी तर्फ लैजाने बताए ।

मन्त्री विष्टले  नेपाली जनताले नेपालभित्रै रोजगारी पाउन भनेर सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउदै अबको ५ बर्षमा समृद्द नेपालको खाका तयार गरिसक्नेमा जोड दिनुभयो। ३५ बर्षअघि रामपुरमा आएको स्मरण गर्दै मन्त्री विष्टले भौगोलिक सुन्दरताले दिएको रामपुर उपत्यकामा औधोगिक बिकास गरि हजारौ युवालाई रोजगार दिन सकिने बताए । रामपुरबाट बाहिरी राजमार्ग निस्कने बाटो साघुरो र कच्ची भएको तर्फ अंकित गर्दै उहाले सरकारको प्रतिनिधिको हैसियतले बाटो स्तर उन्नतिका लागि तत्काल पहल गर्ने बताए ।

आउदो माघ ८ गते सम्म चल्ने महोत्सबका अबसरमा प्रदेश सांसदहरु युवराज खनाल, नारायण आचार्य, पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै रामपुरको बिकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए । उद्योग वाणिज्य संघको भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्ने र कालीगण्डकी उपत्यकाको पहिचानको उद्धेश्यले मेलाको आयोजना गरिएको हो ।

मेला अवधिभर १ लाख ५० हजार दर्शकले मेला अबलोकन गर्ने र ८ देखि१०करोड बराबरको कारोबार गर्ने संघले लक्ष्य लिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । मेलामा व्यापारिक, स्थानीय उत्पादन तथा कला सस्कृती जनाउने बिभिन्न २ सय ५० स्टल रहेको स्टल सम्योजक दोबराज तिवारीले बताए । मेलामा स्थानीय मगरी, नेवारी, दरै समुदायको मौलिकपन झल्कने खाना,खाजा तथा स्टल रहेको छ ।   

मेलाको पहिलो दिन कलाकार बद्री पङ्गेनी, माधब भण्डारी लगायतका कलाकारले प्रस्तुति देखाएका थिए । मेलामा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति रहने सास्कृतिक संयोजक पुरुषोत्तम केसीले बताए ।  महोत्सवमा दोस्रो रामपुर डान्स आइडल, भारतका ४ र प्रहरी , सशस्त्र, सैनिक सहभागी हुने इन्डो भलिवल प्रतियोगीता सहित डवल्स व्याडमिन्टन प्रतियोगीता राखिएको छ।  मेलालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र अन्य सुरक्षागार्ड तथा स्वयंसेवक परिचालन गरिएको छ ।

मेलामा राम्दीदेखि केलादीधाम र केलादीधाम देखि पुट्टारघाट सम्म कालीगण्डकीमा जलयात्रा, रामपुर्वआसपासका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाईडिङ् उडान मेलाका मुख्य आकर्षणका रुपमा रहेको छ।
महोत्सव उद्घाटन अघि रामपुरको नहरअफिस बगैचामा जम्मा भएर आमा समुह, महिला समुह, विभिन्न संघ संस्थाको ६१ संघ सस्थाका व्यानर सहित सहभागीतामा र्‍याली निकालिएको थियो ।

मेलामा रामपुर लगायत कालीगण्डकी वेशी क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिएको मूल आयोजक समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ