arrow

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
PC_Thapa.jpg

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्रलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी दिएका छन् । शुक्रबार ६ दिने भारत भ्रमणमा गएका थापालार्इ शनिबार नयाँ दिल्लीमा मानार्थ महारथीको दर्ज्यानी दिईएको हो । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित थापा शुक्रबार भारत प्रस्थान गरेका हुन् ।  

शनिबार भारतीय राष्ट्रपति निवासले जारी गरेको विज्ञप्तीमा भनिएको छ 'नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो।' 

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले विमानस्थलमा बिदाई गरेका थिए । 

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टर्न जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । 

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल मिति माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ