arrow

भ्रष्टाचारी र दूराचारी जोगाउन खोज्दा सरकार सबैतिरबाट असफल भयो : नेता सिंह

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष २८ शनिबार
Prakashman-Singh.jpg

महेन्द्रनगर । नेकपाको दुईतिहाई बहुमतको बलियो भनिएको सरकार केही गर्न नसकी सबैतिरबाट असफल भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले आरोप लगाएका छन् । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता सिंहले सरकारले सन्तोषजनक कार्य नगरेकोले सबैतिरबाट असफल भएको बताएका हुन् । प्रतिपक्षी दल कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा र राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको पनि सिंहले दाबी गरे । 

कांग्रेसले ठीक ढंगबाट अघि बढ्नुपर्छ भनेर आवाज उठाउँदै आएको नेता सिंहको भनार्इ थियो । सरकार जनताको जीउधनको सुरक्षामा समेत असफल भएको दाबी गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाए । उनले भने  ‘निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन । यो प्रकरणमा मुलुकभरका जनतामा सरकारप्रति मन दुखेको छ ।’ 

नेता सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यता नरहेको स्पष्ट पारे  । उनले भने ‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आउनुभएकै त छ ।’ नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गरेको दावी गर्दै भने–‘ के २०४८ सालमा माननीयले गरेजस्तै र्यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्ची भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधी गरेर मात्रै भूमिका देखिने हो र ?।’ नेता सिंहले भने 'यो सरकारले भ्रष्ट लाई बचाउँदै छ ।' 

उनले वाईडबडीको विषयमा बोल्दै भने छानविन समितिको प्रतिवेदनलाई टेर्दै नटेरी अर्को छानविन आयोग गठन गरेको प्रति आपत्ति जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ