arrow

रविन्द्र मिश्रले भने 'अभियान रोकिँदैन'

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
rabindra_mishra.jpg

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नो अभियान नरोकिने बताए । पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गरे ।

पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन्। उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए। 

“पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ”, उनले भने। संयोजक मिश्रले आफ्ना कमीकमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाएको आरोप झुटा भएको प्रस्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ