arrow

प्रहरी र तस्करबीच भिडन्त, एकको मृत्यु, प्रहरी घाइते 

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
Bullet_Fire.jpeg

बुटबल । रुपन्देहीमा प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तमा परी प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करले गोली हानेपछि जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको हो । 

तस्करको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले बताएको छ । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । 

प्रहरीले घटनास्थलबाट अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । 

मृतकको पहिचान अझै भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ