arrow

भकभके संघले दियो एक दिने 'स्पिच थेरापी' तालिम

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
sppech-therapy.jpg

धुलिखेल ।  नेपाल भकभके संघ काठमाडौंको आयोजना र एशिया प्रोफेसनल स्पिकर सिङ्गापुरको सहयोगमा स्वरबोलाई अन्तर्गत भकभके अपाङ्गता भएका व्यक्तिहरुको विषयमा एक दिने स्पिच थेरापी तालिम र स्वयम् सेवी समुह कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

तालिमको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जनले उद्घाटन गरेका थिए  । उनले अपाङ्गतालाई कमजोरीको रुपमा हेर्न नहुने बताउदै स्वरबोलाई सम्बन्धीको भकभके अपाङ्गता भएका व्यक्तिहरुको स्पिच थेरापीको लागि तालिम तथा सेवा सुविधा उपलबध गराउने प्रतिवद्धता व्यक्त गरे।

 त्यसैगरी आयोजक संस्था नेपाल भकभके संघ काठमाडौंका उपाध्यक्ष रविन कुमार मैनालीले यो संस्थाले भकभके अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक स्थानीय निकायमा स्पिच थेरापी सेवा उपलब्ध गराउनुको साथै विद्यालय स्तरका पाठ्यपुस्तकहरुमा भकभके अपाङ्गताको विषयलाई समावेश गर्नु पर्ने बताए ।
 
काभ्रे जिल्लाको धुलिखेलमा आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे जिल्लाका अध्यक्ष मोतीराम तिमिल्सिनाले भकभके अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जनचेतना जगाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । त्यसैगरी नेपाल भकभके संघ काठमाडौंका अधयक्ष सञ्जय कुमार झा ले भकभके अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनि गठन भएका स्वयम् सेवी समुहहरुले यस विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने र त्यसको लागि आफ्नो तर्फबाट ती समुहहरुलाई सक्दो सहयोग गर्ने बताए।

 सो एक दिने स्पिच थेरापी तालिम र स्वयम् सेवी समुह कार्यक्रममा त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालका स्पिच थेरापिष्ट अनिल अधिकारीले भकभके अपाङ्गता भएका व्यक्तिहरुको लागि स्पिच थेरापी अति नै आवश्यक हुने बताउनै सो थेरापीका केही विधिहरुको विषयमा जानकारी गराएका थिए  । उक्त कार्यक्रममा सहभागी भएका शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधिहरु तथा अभिभावकहरुले भकभके अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्ने, हास्य पात्रको रुपमा लिन नहुने र हरेक कार्यमा अवसर दिनु पर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ