arrow

बुद्धका मूर्ति चोरी गर्ने पक्राउ

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
Buddhamurti_Insertive-1-1024x576.jpg

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ